२८ असार २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

गर्भावस्थाको अन्तिम चरणमा दीपिका पादुकोण

बलिउड अभिनेत्री दीपिका पादुकोणले गर्भावस्थाको अन्तिम चरण (थर्ड ट्राइमेस्टर) मा आफूले अनुभव गरिरहेको अवस्थाबारे सामाजिक सञ्जालमार्फत जानकारी साझा गरेकी छन्।

दीपिकाले आफ्नो इन्स्टाग्राम स्टोरीमा एउटा रमाइलो भिडियो (मिम) शेयर गर्दै थर्ड ट्राइमेस्टरमा राति बाथरूम जान उठ्दा हुने असहज अवस्थालाई प्रस्तुत गरेकी हुन्। उक्त पोस्टमार्फत उनी गर्भावस्थाको अन्तिम चरणमा पुगेको संकेत दिएकी छन्।

गर्भावस्थाको अन्तिम चरण जुन सामान्यतया २८औँ हप्तादेखि सुरु भएर शिशुको जन्म नहुँदासम्म (३७–४० हप्ता) रहन्छ। यस अवधिमा शिशुको शारीरिक विकास तीव्र रूपमा हुने गर्दछ।

यस चरणमा आमामा सास फेर्न गाह्रो हुनु, बारम्बार पिसाब लाग्नु, ढाड, कम्मर र खुट्टामा दुखाइ, खुट्टा सुन्निनु, एसिडिटी, निद्रामा समस्या तथा शिशुको गतिविधि स्पष्ट रूपमा महसुस हुने जस्ता परिवर्तन देखिन सक्छन्।

दीपिका र उनका श्रीमान् अभिनेता रणवीर सिंहले यसअघि आफ्नो पहिलो सन्तान छोरी ‘दुआ’को जन्मको जानकारी सार्वजनिक गरेका थिए।

पछिल्ला दिनहरूमा दीपिकाले बेबी बम्प देखिने केही तस्बिर तथा भिडियो पनि सामाजिक सञ्जालमा साझा गर्दै आएकी छन्।

प्रकाशित: २७ असार २०८३ १२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App