१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

दीपकराजको व्यंग्य : नेताका लागि हामी झगडा नगरौँ, उनीहरू जसरी पनि मिलिहाल्छन्

देश अहिले आगामी फागुन २१ मा चुनावी माहौलमा छ। यसबिच सामाजिक सञ्जालदेखि भौतिक रूपमा पनि एक अर्काका कार्यकर्ता भिडिरहेका छन्। 

यस पटक निर्वाचनमा राजनीतिज्ञ मात्रै होइन, कलाकारदेखि खेलाडीसम्म पनि मैदानमा छन्। यसबिच अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत जनतालाई नेताका नाममा नलड्न सुझाव दिएका छन्।

उनले लेखेका छन्, ‘मैले राजनीतिमा अनेकौँ आश्चर्य देख्या छु ! कांग्रेस माओवादीको प्रेमिल गठबन्धन देख्या छु ! देउवा र ओलीले मुटु साटेको पनि देख्या छु, माओवादी र एमालेको त विवाह नै देख्या छु ,रवि केपीको प्रीति पनि त देख्या छु त्यसैले हामी झगडा नगरौँ’

प्रकाशित: ८ फाल्गुन २०८२ १२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App