दशैं नजिकएसँगै गीतकार कमला घिमिरे अधिकारीकाे ‘दशैं आयो’ बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
बालबालिका लक्षित ‘दशैं आयो’ बालगीतमा बालबालिकालाई गीतको माध्यमबाटै दसैँसम्बन्धी गतिविधि नवदुर्गा भगवतीको पुजा, दशैंकाे रमाइलो, नयाँ लुगा लगाइ, पिङ खेलाइ, ठूलाबडाको हातको टिका र जमरा लगाएर आशीर्वाद लिने जस्ता विषय समेटिएका छन्।
“तरकारीका नाम, पोसाक, हिस्सी परेकी नानी, नमस्ते गुरुआमा, म त स्कुल आए” लगायतका १५ बालगितकाे म्युजिक भिडियो ल्याइसकेकाे रामप्रसाद अधिकारीले बताए।
दशैं आयो बालगीतको संगीतकार बलराम समाल मगर, प्रितिशा अधिकारी र बालबालिकाहरू अद्भिग न्यौपाने, आकांक्षा समाल मगर, आश्रीता ज्ञवाली र आराध्य अधिकारीको सुमधुर स्वर रहेको छ।
हनी बि स्कुल, टोखा, काठमाडौंका प्रिन्सिपल गीतकार घिमिरेले साहित्यक बजारमा ‘महको महलमा’ हाइकुसङ्ग्रह, ‘मामाघर’ बालकविता र ‘रश्मी’ मुक्तकसङ्ग्रह ल्याइसकेकी छन्।
प्रकाशित: १० आश्विन २०८२ १०:३७ शुक्रबार





