१ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

संस्कृतिविद् डंगोलको ‘चित्रमय चाडपर्वको देश: नेपाल’ लोकार्पण

नेपाल स्रष्टा समाजले संस्कृतिविद् प्रेममान डंगोलको ‘चित्रमय चाडपर्वको देश: नेपाल’ लोकार्पण र परिचर्चा गरेको छ।

राजधानीमा आयोजित एक कार्यक्रममा डा. पुरुषोत्तम लोचन श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन, प्राडा लक्षमणप्रसाद गौतम, शितल गिरी, स्रष्टा संस्कृतिविद् प्रेममान डंगोल लगायतले संयुक्त रूपमा लोकार्पण गरे।

डा. पुरुषोत्तम लोचन श्रेष्ठले ‘चित्रमय चाडपर्वको देश: नेपाल’ नेपाल मण्डलको संस्कृति विश्वकोष रहेकाे बताए। संस्कृति मरे देश नै मर्छ। प्राचीन संस्कृतिबारे जानकारी लिन उक्त कृति हरेक नेपालीको हातहातमा पुग्नुपर्ने बताए।

साहित्यकार शितल गिरीले ‘नेपाल मण्डल बुझ्न सहयोग हुने कृतिमा आफ्नो भाषा, संस्कृति र चाडपर्वसँग जोडिएका विभिन्न समेटिएका हुँदा कृति महत्त्वपूर्ण रहेकाे बताए।

नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष रोदनले संस्कृतिलाई सबैसँग जोड्ने यो कृतिले संस्कृति चाडपर्वको परम्परालाई जीवन्त बनाउन पुस्तकले सघाउने बताए।

रन्जना निरौलाकाे सञ्चालन र तारा सुवेदीकाे स्वागत मन्तव्यमा रहेकाे कार्यक्रममा कृतिकार डंगोलले लेखकीय मन्तव्य व्यक्त गरे।

प्रकाशित: ११ मंसिर २०८२ १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App