कथा सामाजिक सञ्जाल फेसबुक समूहले साहित्यकार रासा (राजु सायमी) को कथासङ्ग्रह ‘कहर वृत्त’ लाेकार्पण गरेकाे छ।
पुतलीसडकस्थित ग्रीनलिफ रेस्टुरेन्टमा साहित्यकार नारायण तिवारीको अध्यक्षतामा कार्यक्रम भएकाे हाे।
स्रष्टा रासाको गजल, कविता, लघुकथा साथै नेपाल भाषामा समेत उनका कृतिहरू प्रकाशित छन्।
साहित्यकार दिव्य गिरीले अतिथिहरूलाई शब्द मार्फत स्वागत गर्दै कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रममा श्यामल अधिकारी, तुलसी दिवस, किशोर पहाडी, नारायण तिवारी लगायतले स्रष्टालाई बधाई तथा शुभकामना दिएका थिए।
उक्त कथासङ्ग्रहको समीक्षा गर्दै समीक्षक डा. भरत भट्टराईले रासाको आधुनिक कथा विधामा यस कृतिले नौलो परिचय स्थापित गरिदिएको दावी गरे।
विशिष्ट अतिथि साहित्यकार शैलेन्द्र साकारका साथमा अतिथि कवि तथा साहित्यकार किशोर पहाडी, अविनाश श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, श्यामल, राजव, विक्रमभक्त जोशी, ध्रुव मधिकर्मी, उषा हमाल, इन्दिरा शाह, राजेश खनाल, श्यामप्रसाद श्रेष्ठ, श्रीराम पाण्डे, वसन्तराज अज्ञात, स्नेह सायमी, राज सायमी, सुधीर ख्वबि, राजेश गजुरेल, कृष्णभक्त बोडे न्हुछेँभक्त कवां, मङ्गला मानन्धर, लचना मानन्धर लगायतकाे उपस्थित रहेको थियो।
प्रकाशित: २७ पुस २०८२ ११:२९ आइतबार





