२६ आश्विन २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

स्रष्टा वसन्त खनालकाे ‘वेध’ लोकार्पण

साहित्यकार वसन्त खनालकाे ‘वेध’ निर्बन्ध - आख्यानको लोकार्पण गरिएको छ। वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान - २०७६ स्याङ्जाकाे आयाेजनामा वालिङ उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम भएकाे हाे। गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपति प्राडा कुसुमाकर न्यौपानेले कृतिको लोकार्पण गरेका हुन्।

खनालको निर्बन्ध– आख्यान ‘वेध’ नेपाली साहित्यको क्षेत्रमा एउटा महत्त्वपूर्ण कृतिको रूपमा आएकोमा आफूलाई निकै खुसी लागेको कुलपति न्यौपानेको भनाइ थियो। उनले कृति ‘वेध’ पढ्न् पर्ने र गर्व गर्नलायक भएको बताए।

साथै, `वेध´ प्रयोगका लागि प्रयोग भएको कृति होइन, कठोर साधना र अनुसन्धानपछि लेखिएको कृति हो। निबन्धलाई निर्बन्ध भनिएको पनि होइन, `वेध´ आफ्नो हुुलिया स्पष्ट पार्दै सार्वजनिक भएको सिर्जना हो। नेपाली साहित्यमा `वेध´ विशिष्ट प्रकृतिको सिर्जना भएकोले नपढी सुखै छैन। उनको भनाइ छ।

साहित्य, कला र भाषाको संरक्षण गर्ने अभियानमा गण्डकी प्रज्ञाप्रतिष्ठान योजना बनाएर अगाडि बढेको बताउदै साहित्यकार एवं स्रष्टाको संरक्षणमा सहयोग गर्ने समेत कुलपति न्यौपानेले बताए। उनले गण्डकी प्रज्ञाप्रतिष्ठान शुद्ध लेख्नुपर्छ र बोल्नुपर्छ भन्ने अभियानमा रहेको समेत बताए।

साहित्यकार सह-प्राध्यापक कृष्णप्रसाद पौडेल, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख डा. टंक पन्थ, समालोचक एवं स्रष्टा डा.शंकरप्रसाद गैरे, वालिङ नगरपालिका - १४ का वडाध्यक्ष राजु कुँवर (बोधराज), रणविर मावि खहरेका प्रअ लक्ष्मीप्रसाद रेग्मी, पुस्तकका लेखक वसन्त खानाल, रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापा लगायतले बोलेका थिए।

युवा साहित्यकार मिलन समीरको सञ्चालन र सागर खनालको स्वागत मन्तव्यसँगै सम्पन भएको विशिष्ट साहित्यिक समारोहको अध्यक्षता कृतिकार वसन्त खनालका पिता सूर्यप्रसाद खनालले गरेका थिए।

कार्यक्रममा पहिलो पुस्ताका अग्रज साहित्यकार एवं स्रष्टाहरुलाई सम्मान समेत गरिएको थियो। साथै, जिल्लामा सक्रिय साहित्यिक संघ संस्थाका मुल कर्तालाई समेत सम्मान गरिएको थियो।

कार्यक्रम वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान- २०७६ स्याङ्जाको आयोजना, साकिरा प्रतिष्ठान वालिङको व्यवस्थापन र वालिङ नगरपालिकाको सहयोगमा भएको थियो। भुँडीपुराण प्रकाशन गृहबागबजारकाे प्रकाशित प्रस्तुत कृतिको मूल्य रू. ७५०/- छ।

प्रकाशित: २६ आश्विन २०८३ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App