‘गोरखापत्र’ र ‘मधुपर्क’ ले साहित्यिक उन्नयन तथा शैलुङकाे पर्यटन प्रवर्द्धन गराउने उद्देश्यकाे साथ साहित्यकार तथा पत्रकारहरूलाई शैलुङकाे दुई दिने अवलाेकन भ्रमण गराएकाे छ।
गोरखापत्र संस्थान, मधुपर्क मासिकको आयोजना तथा शैलुङ गाउँपालिका, शैलुङ पर्यटन तथा कालापानी बजार टोल विकास संस्थाको सहआयोजनामा दोलखाकाे प्रसिद्ध पर्यटकीयस्थल शैलुङ यात्रा गरेका हुन्।
धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रमा समृद्ध पार्ने स्रष्टा तथा पत्रकारहरूलाई ‘मधुपर्क’ का सम्पादक त्रिभुवनचन्द्र वाग्लेको अगुवाइमा कार्यक्रम भएकाे हाे।
कार्यक्रममा वरिष्ठ साहित्यकार तथा ‘शब्दपथ’ का किशोर पहाडी, नियात्राविद् जय छाङ्छा, जयदेव भट्टराई, तुलसीहरि कोइराला, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, मणि लोहनी, रञ्जना निरौला, अनिता कोइराला, उषा केसी, युवराज नयाँघरे, गीता रेग्मी, श्रीबाबु कार्की, अञ्जना पौडेल, चेतनपथ माधव, विष्णु आचार्य, भगवती बस्नेत, ऋषभदेव घिमिरे, उत्तम भट्टराई, कर्ण दयाल, सुमन घिमिरे, सुशीला शर्मा, सुशीला खड्का हसिना, रेखा शर्मा, प्रवीण थपलिया, लक्ष्मी ढकाल, मुरारि सिग्देल, नन्दु उप्रेती, पवित्रा सुवेदी, विमुन्स पौडेल, नवीन शाही, जयन्तनाथ खनाल, जानुका राई रहेका थिए।
त्यसैगरी बालकृष्ण श्रेष्ठ पासा, मनोजा कुँवर, सर्वेन्द्र निरौला, डेबिट पाण्डेय, बालकृष्ण शर्मा, अक्कल कुँवर, कमलमणि पोखरेल, कृष्ण मल्ल लगायतकाे सञ्चारकर्मीकाे सहभागिता रहेकाे थियाे।
शैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठले भ्रमण टोलीलाई गाउँपालिकाकाे भ्रमणमा स्वागत गरेका थिए। शैलुङको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्त्व बताउँदै उनले स्रष्टा टाेलीकाे भ्रमणले शैलुङ क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताएका थिए।
‘मधुपर्क’ का सम्पादक त्रिभुवनचन्द्र वाग्लेले साहित्यकारहरूकाे मनमुटुमा शैलुङको सम्झना, सामीप्य र सुगन्ध बाँचिरहने बताए।
गाउँपालिकाका प्रशासकीय अधिकृत सन्जीव न्यौपानेले उक्त टाेली स्वागत गर्दै स्वागत गर्दै गाउँपालिकाकाे परिचयात्मक मन्तव्य प्रस्तुत गरेका थिए।
दोस्रो दिन कालापानी टोल विकास संस्थाले उक्त टाेलीलाई फूलको माला लगाई पञ्चे बाजाको धुनसँगै बजार परिक्रमा गराउँदै शैलुङ घुमाएका थिए।
झण्डै ३१०० फिटको उचाइ रहेकाे शैलुङको गुम्बामा गोरखापत्र साहित्य सम्मेलन भएकाे थियो।
गोरखापत्र दैनिकका कामु प्रधानसम्पादक जुनारबाबु बस्नेतको अध्यक्षता, गोरखापत्रका महाप्रबन्धक लालबहादुर ऐरीकाे प्रमुख आतिथ्य, शैलुङ गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठ, वडा नम्बर ८ का अध्यक्ष धनबहादुर तामाङ, टोल विकास संस्थाका अध्यक्ष रुद्र थपलिया, समाजसेवी सोभित उप्रेती लगायतको उपस्थिति कार्यक्रम भएकाे हाे।
कार्यक्रममा स्थानीय कवि, विद्यार्थीवर्ग र उक्त टाेलीका कविहरूले रचना वाचेका थिए। सुभाषचन्द्र पौडेल भीमफेदीया, नन्दु उप्रेती, रञ्जना निरौला, विमुन्स पौडेल, अञ्जना पौडेल, त्रिभुवनचन्द्र वाग्ले, लक्की चौधरी, राजु महत, तीर्थ अधिकारी, जानुका राई, अमरदीप सुनुवार, बालकृष्ण थपलिया, लक्ष्मी ढकाल र सुशीला सापकोटा लगायतले रचना वाचेका थिए।
कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूले शैलुङको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्त्वबारे प्रकाश पारेका थिए।
मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्लेले सिर्जनाकाे माध्यमबाट गोरखापत्र र मधुपर्कले शैलुङलाई उज्यालो पार्न खोजेको बताए। उक्त टाेलीले दुर्गा माध्यमिक विद्यालयको पुस्तकालयका लागि गोरखापत्रका प्रकाशन तथा अन्य साहित्यकारका कृतिहरू अर्पिएका थिए।
प्रकाशित: ८ मंसिर २०८२ ११:३९ सोमबार





