२३ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

इलाम साहित्य महोत्सवबाट शैलेन्द्रको उपन्यास 'तेजस्'को कभर सार्वजनिक

लेखक शैलेन्द्र अधिकारीको चौथो आख्यान 'तेजस्' आउने भएको छ।  

शुक्रबार इलाम साहित्य महोत्सवको पाँचौँ संस्करणमा कवि तथा लेखकहरू प्रकाश थाम्सुहाङ, अमर न्यौपाने, केशव दाहाल, दीपक सापकोटा, उमा सुवेदी र आख्यानकार अधिकारीले संयुक्त रूपमा पुस्तकको कभर सार्वजनिक गरेका हुन्।  

कभर सार्वजनिक गर्दै लेखक सापकोटाले तेजस् नागरिक भएर पनि अनागरिक हुन बाध्य पारिएका जनताको कथा भएको बताए। 'यसमा काठमाडौँ सहरको निर्माणदेखि विभिन्न समयमा देश निकाला गरिएका भिक्षुहरूको कथा समेटिएको छ,' उनले भने, 'बौद्ध दर्शन, विपश्यना ध्यान सम्मका विषय समेटिएको यो उपन्यास बौद्ध दर्शनमा आधारित छ।'

यसअघि अधिकारीका अर्हत्, निर्वेध र कथासङ्ग्रह ब्रम्हाश्त्र पुस्तक प्रकाशित छन्। 'तेजस्'मा काठमाडौँको सभ्यता र बौद्ध दर्शनको कथावस्तु समेटिएको अधिकारीले बताए। पुस्तक शिखा बुक्सले बजारमा ल्याउन लागेको हो।

प्रकाशित: १८ वैशाख २०८३ १८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App