१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

नेपाली बैकिङ् इतिहासको पुस्तक बजारमा

नेपाली बैंकको संख्या विकासक्रम दिनदिनै बढ्दो छ । यसको विकासक्रम नियाल्दा रोमाञ्चक छ । बैंक केवल मुद्रा राख्ने थलो मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग पनि हो । बैंकको राणाकालीन अवस्थादेखि वर्तमान समयसम्मको विकासलाई समेटिएको पुस्तक प्रकाशन भएको छ ।  

पत्रकारिता पृष्ठभूमि भएका मोरङ पथरी शनिश्चरे १ निवासी लेखक दीपेन्द्रराज तिम्सिनाले पुस्तक बजारमा ल्याएका हुन् । पुस्तकमा नेपालको मुद्रा निष्कासनको इतिहास, राणाकालीनदेखि वर्तमानसम्मको बैकिङ इतिहास समेटिएको छ।  पुस्तकमा नेपालका‘क’ र ‘ख’ श्रेणीका बैंकहरुको चिनारी, पहिलो गभर्नर हिमालय शमशेरदेखि अहिलेका विश्वनाथ पौडेलसम्मकै १८ जना गभर्नरको फोटो सहितको जीवनी, द्वन्द्वकालमा बैंकमा भएको आक्रमण, नेपाली बैंक मर्जरको इतिहास, राणाकालमा बेलायतबाट फर्केका नेपालमा बैंक खोल्ने अगुवा सरदार गुञ्जमान सिंह, बैकिङ क्षेत्रका अगुवा बिके श्रेष्ठ, विदेशी बैंक भित्रर्याउने डा. प्रकाशचन्द्र लोहनीसहितको इतिहास खोजेर पुस्तकमा राखिएको लेखक तिम्सिनाले बताए ।  

नेपाली बैंकले पाएको राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्डहरु, बैकिङ क्षेत्रमा महिला सहभागीता, विपत्तमा बैंकको सहयोग, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, कानुनहरू, खारेज भएका बैंकहरु, चिनियाँ ह्याकरले मच्चाएको लुटपाट, लिच्छविकाल देखिका मुद्राखोज गरि लेखिएको छ ।

प्रकाशित: १२ कार्तिक २०८२ १९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App