१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

खुल्यो ‘परान’को बुकिङ, पारिवारिक दर्शक तान्ने उच्च अपेक्षा

चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको डेब्यू निर्माण ‘परान’ को बुकिङ खुला भएको छ।

भोलि १४ गते शुक्रबार सार्वजनिक प्रदर्शनमा आउँदै गरेको फिल्मले देशभर उत्साहजनक शो पाएको छ।

बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको यस फिल्मले हालसम्म ६४ भन्दा बढी शो पाएको छ। आज साँझ अबेरसम्म केही थप शो जोडिने सम्भावना छ।

भावनात्मक पारिवारिक कथानक बोकेको यो फिल्म नेपाली बक्स अफिसमा पारिवारिक दर्शकलाई ठूलो संख्यामा आकर्षित गर्ने देखिन्छ। दीपकप्रसाद आचार्य (काकु) को डेब्यू निर्देशन रहेको फिल्ममा वरिष्ठ अभिनेताहरूलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरिएको छ।

फिल्ममा शाहका अलावा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बालकलाकार आर्यादीप आचार्यले अभिनय गरेका छन्।

त्यस्तै फिल्म निर्देशक दीपक आचार्यकाे शब्दलाई रिदम कँडेलको संगीत र प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालकाे सुमधुर स्वरले जीवन्तता प्रदान गरेकाे छ।

छायांकन (डि.ओ.पी) शिवराम श्रेष्ठ, सम्पादन मित्र डी  गुरुङ र कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन्।

फिल्मका प्रोडक्सन म्यानेजर अनिष अधिकारी र समर चौलागाईं हुन् भने अजय उपाध्याय कार्यकारी निर्माता हुन्।

प्रकाशित: १३ कार्तिक २०८२ १२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App