२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

मोदीको जन्मदिनमा बलिउडकर्मीको शुभकामना

भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको ७५ औँ जन्मदिनमा बलिउड कलाकारको शुभकामना दिएका छन्।  चर्चित अभिनेत्री हेमा मालिनी  र अनुपम खेरले मोदीलाई राम्रो स्वास्थ्यको कामना गरे । त्यस्तै कङ्गना राउत  र  अभिनेता नागार्जुनले सुखद जीवनको शुभकामना व्यक्त गरेका छन्।

अभिनेता अनुपमले आफ्नो इंस्टाग्राममा जन्मदिनको शुभकामना दिँदै आफू धरै वर्ष देखी चिनेको  बताएका छन्। मोदी गुजरातको मुख्यमन्त्री हुँदा देखी नै पहिचान भएको र भेट्न जाँदा मोदीले राम्रो सत्कार गरेको उल्लेख गरेका छन्। 

‘आदरणीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी जन्मदिनको हार्दिक शुभकामना र बधाई भगवान्ले तपाईँलाई लामो र स्वस्थ जीवन प्रदान गरून्,’ उनले लेखेका छन्, ‘तपाईँले आगामी धेरै वर्षसम्म उही उदारता, दृढ सङ्कल्प, सीप, एकाग्रता र नवस्वार्थताका साथ देशको नेतृत्व गर्नुहुने विश्वास लिएको छु।’  

अभिनेत्री कङ्गना रनोतले इंस्टाग्राममा तस्बिर सार्वजनिक गर्दै शुभकामना व्यक्त गरिन्। ‘विश्व मञ्चमा भारतको शिर उच्च पार्नुहुने सफल प्रधानमन्त्री श्री नरेन्द्र मोदी जीलाई जन्मदिनको हार्दिक शुभकामना,’ कङ्गनाले लेखेकी छिन्। अभिनेत्री र विजेपी सांसद हेमा मालिनीले मोदीलाई जन्मदिनको शुभकामना दिइन्। 

अभिनेता नागार्जुनले आफू २०१४ मा मोदीसँग पहिलो भेट भएको बताए।‘श्री नरेन्द्र मोदीको ७५ औँ जन्मदिन नजिकिँदै गर्दा, म २०१४ मा उहाँसँगको मेरो पहिलो भेट सम्झन्छु,’ उनले लेखेका छन्, ‘ प्रेरणा, दया र जीवन पाठको क्षण। म उहाँलाई जन्मदिनको अग्रिम शुभकामना दिन्छु।’ 

प्रकाशित: १ आश्विन २०८२ १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App