२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

'बिग बोस' फेम अनुराग डोभाल सालोलाई कुटपिट गरेको आरोपमा प*क्राउ

भारतीय रियालिटी शो 'बिग बोस' फेम तथा युट्युबर अनुराग डोभाल एक पटक फेरि विवादमा घेरिएका छन्।

अनुरागलाई उनकी श्रीमतीका भाइ राज सिंह चौहानसँग कुटपिट र ज्यान मार्ने प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। घटनापछि अनुरागसँगै उनका तीन जना साथीलाई पनि पक्राउ गरिएको बताइएको छ।

राज सिंह चौहानको उजुरीका आधारमा प्रहरीले अनुरागसहित अन्य व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ।

जानकारीअनुसार राज नेक्सा कार शोरुममा काम गर्छन्। ५ अक्टोबरको साँझ करिब ६ बजे अनुराग केही युवाहरूसँग उनलाई भेट्न पुगेका थिए। राज काममा व्यस्त भएकाले पछि भेट्ने बताएका थिए।

त्यसपछि सोही रात करिब ८ बजे राज येलो हिल्स क्याफे पुगे, जहाँ अनुराग र उनका केही साथीहरू कारमा बसेका थिए।

कुराकानीका क्रममा अनुरागले कथित रूपमा राजलाई धम्की दिएको र आफूले दुई जनाको हत्या गरिसकेको तथा आफूलाई कसैले केही गर्न नसक्ने दाबी गरेको आरोप छ।

राजको आरोपअनुसार त्यसपछि अनुरागले पछाडिबाट उनको घाँटी समातेर मोबाइल खोस्ने प्रयास गरे। मोबाइल खोस्न नसकेपछि उनले आफ्ना साथीहरूलाई राजलाई मार्न आदेश दिएको आरोप छ।

राजको आरोपअनुसार आरोपीहरूले कारले उनलाई किच्ने प्रयास गरेका थिए। त्यसपछि फलामको रड वा त्यस्तै कुनै वस्तुले उनको टाउको, छाती र अनुहारमा प्रहार गरिएको आरोप छ।

एक जना आरोपीले चक्कु र बन्दुक देखाएर धम्की दिएको आरोप पनि राजले लगाएका छन्।

राजले आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की दिइएको तथा उनको घडी र सुनको चेनसमेत जबर्जस्ती खोसिएको आरोप लगाएका छन्।

राज सिंह चौहान, अनुरागकी पत्नी रितिका डोभालका भाई हुन्। केही समय देखि अनुराग र रितिकाबीच पारिवारिक विवाद पनि चलिरहेको सामाजिक सन्जाल भरि नै थियो जहाँ श्रीमान-श्रीमतीले एकअर्कामाथि आरोपप्रत्यारोप लगाएका थिए।

अनुरागले यही विवादका विषयमा छलफल गर्न राजलाई बोलाएको र कुराकानीका क्रममा विवाद बढेपछि कथित रूपमा कुटपिट भएको बताइएको छ।

राजले प्रहरीमा दिएको उजुरीमा आरोपीहरूले आफ्नो मोबाइल अनलक गर्न नसकेपछि अनुरागले एसएसपीलाई फोन गरेको आरोप पनि लगाएका छन्। त्यसपछि प्रहरी घटनास्थलमा पुगेको बताइएको छ।

राजले बाइपास प्रहरी चौकीका इन्चार्जमाथि पनि आरोपीहरूको पक्षमा साथ दिएको आरोप लगाएका छन्।

प्रकाशित: २१ आश्विन २०८३ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App