१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

धर्मा प्रोडक्सनबाट भुवन बामको बलिउड डेब्यू

भारतका चर्चित युट्यबर भुवन बामले चाँडै बलिउडमा डेब्यू गर्ने भएका छन्। उनी धर्मा प्रोडक्सनको फिल्म ‘कुकु की कुण्डली’मा देखिने भएका हुन्। भुवनले हालै धर्मा प्रोडक्सनसँग सम्झौता गरेर आफ्नो डेब्यू घोषणाबारे जानकारी गराएका हुन्। 

भुवनले आफ्नो इन्स्टाग्रामबाट सम्झौताको तस्वीर साझा गर्दै लेखेका छन्, ‘सपना देख्नुहोस् साथीहरू, ती साकार हुन्छन्।’ भुवनको पोस्टमा सेलिब्रेटी र फ्यानबाट बधाईको ओइरो लागेको छ। 

भुवनले ‘कुकु की कुण्डली’मा वामिका गब्बीसँग अभिनय गर्नेछन्। फिल्मलाई शरण शर्माले निर्देशन गर्दैछन्, जसले यसअघि ‘मिस्टर एण्ड मिसेस माही’ र ‘गुञ्जन सक्सेना: द कारगिल गर्ल’ निर्देशन गरेका छन्।

बलिउड डेब्यू अघि भुवनले जियो हटस्टारको ताजा खबर सिरिजबाट ओटीटी र अभिनय डेब्यू गरेका थिए। 

‘कुकु की कुण्डली’ बाहेक, भुवन अमेजन प्राइम भिडियोको सिरिज ‘द रिभोलुसनरी’मा देखिनेछन्, जुन २०२६ मा रिलिज हुने छ। उनीसँगै रोहित सराफ, प्रतिभा रन्ता, जेसन शाह र गुरफतेह पिरजादा पनि मुख्य भूमिकामा देखिने छन्।

जनवरी २२, १९९४ मा जन्मिएका भुवनले २०१५ मा युट्युब च्यानल सुरु गरेका थिए। टिटु मामा, बब्लु, बन्चोडदास, अद्रक बाबा, मिस्टर होला र पापा माकिचु जस्ता पात्रबाट उनले चर्चा कमाए। यी सबै पात्र उनी आफैंले निभाउने गरेका थिए। उनले सानो कोठामा मोबाइलबाट भिडियो रेकर्ड गर्थे।

युट्युबामा लोकप्रिय भएपछि उनले २०१६ मा म्युजिक भिडियो ‘तेरी मेरी कहानी’ ल्याए, जसमा उनले स्वर दिए। पछि ‘साङ हु तेरे’, ‘सफर’, ‘रहगुजार’, ‘बस मेँ’, ‘अजनबी’, ‘हीर राँझा’ जस्ता गीत बजारमा ल्याएका थिए। 

उनको यहीँ लोकप्रियताले उनलाई दिव्या दत्तासँग सर्ट फिल्म प्लस माइनसमा काम गर्ने अवसर मिलेको थियो। त्यसका लागि उनलाई फिल्मफेयर पुरस्कार समेत प्रदान गरिएको थियो। एजेन्सी

प्रकाशित: ९ कार्तिक २०८२ १२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App