१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

जया बच्चनको रिसबारे भोजपुरी स्टार निरहुआ

भोजपुरी अभिनेता दिनेश लाल यादव निरहुआले बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन र जया बच्चनसँग काम गर्दाका अनुभवहरू साझा गरेका छन्। उनले अमिताभ बच्चनलाई राजनीतिबारे सल्लाह दिनेदेखि जया बच्चनको रिसको अनुभवसम्मका केही रमाइलो घटनाहरू सार्वजनिक गरेका छन्। उनले गंगा देवी फिल्ममा अमिताभ र जया बच्चनसँग स्क्रिन सेयर गर्ने अनुभवबारे उनीहरूसँग काम गर्दा आफू एकदमै डराएको बताएका छन्।

उनका अनुसार अमिताभ बच्चनले निरहुआको डरलाई बुझेर सहज महसुस गराउन मजाक गर्न थालको बताएका छन्। आफू राजनीतिप्रति जिज्ञासु भए पनि अमिताभ बच्चनले राजनीतिमा नलाग्न सल्लाह दिएको उनले बताए। साथै निरहुआले जया बच्चनसँगको एउटा दृश्यबारे रोचक घटना सुनाए। फिल्मको एक दृश्यमा अनस्क्रिन श्रीमतीलाई थप्पड हान्नुपर्ने भएको र आमाको भूमिकामा भएकी जया बच्चनले गाली गर्दै लठ्ठीले पिट्नुपर्ने सिन भएको तर अभिनय गर्नुको सट्टा जयाले उनलाई साँच्चै नै कडा हिर्काएको बताए।

निरहुआले आफूलाई दुई पटक हिर्काएपछि जया बच्चनलाई यो नाटक हो तर तपाईंले साँच्चै पिट्नुभयो भन्दा जयाले जवाफमा 'त्यसो भए तिमीले मेरी बुहारीलाई किन पिट्यौ' भनेको बताए। जयाको पिटाइले आफूलाई चोट लागेको तर त्यसलाई आफूले आशीर्वादको रूपमा लिएको बताए।

प्रकाशित: ९ आश्विन २०८२ ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App