कलाकार कविता नेपालीको सगरमाथा र ल्होत्से आरोहणको डकुमेन्ट्री सार्वजनिक भएको छ। डकुमेन्ट्रीमा सगरमाथा आरोहणको २४ घण्टाभित्रै अर्को हिमाल ल्होत्से आरोहण गर्दाको क्षणलाई समावेश गरिएको छ। डकुमेन्ट्रीमा साहस र निडरताको क्षणलाई प्रस्तुत गरिएको छ।
कविताको यो आरोहणबारे आरोहण कम्पनी एलिट एक्सपिडिसनले जेठ ५ गते आइतबार सगरमाथा र जेठ ६ गते ल्होत्से आरोहण सम्पन्न गरेको पुष्टि गरेका थिए।
कविताका प्रशंसकले उनको यो हिमाल आरोहणमा चलचित्र बनाउने माग गर्दै आएका थिए। त्यही कारण उनले यो दुई हिमाल आरोहणको डकुमेन्ट्री ल्याएकी हुन्।
संवाद शैलीमा तयार परिएको डकुमेन्ट्री कविताले आफ्नो युट्युब च्यानलमा मार्फत सार्वजनिक गरेकी हुन्। एक घण्टाको डकुमेन्ट्रीमा उनले आरोहणको क्रममा सिकेको पाठ र भोगेका अनुभव समेटिएको छ।
तीन दिनअघि सार्वजनिक भएको उक्त डकुमेन्ट्री ४ लाख ४० हजार बढीले हेरिसकेका छन् भने २३ सय बढी कमेन्ट आएको छ ।
प्रकाशित: ११ कार्तिक २०८२ १६:०७ मंगलबार





