३ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

आश्वासन

लघुकथा

"सर! एउटा कुरा सोधूँ?" भोलाले विकासको नजिक आयो र सोध्यो।

"अवश्य सोध।" विकासले अनुमति दिए।

"म भानुक्तको ठूलो प्रशंसक हुँ। उहाँका कुनै पनि कार्यक्रम छुटाएको छैन तर उनलाई आदिकवि भनेर कसले भनेको मलाई याद भएन हजुरलाई छ भने भनिदिनु न।" भोलाले बुझ्न खोज्यो।

"मोतिराम भट्टले उनको सम्मानस्वरूप उपमा राखिदिएका थिए।" विकासले जानकारी गराए।

"उनी रम्घा तनहुँमा धनञ्जय र धर्मादेवी आचार्यको कोखबाट जन्मिएको मैले पढेको थिएँ। उनले आफ्नै हजुरबासँग ज्ञान पाएको पनि पढेको थिएँ तर हजुर बाको नाउँ के थियो नि सर?" भोलाले बडो उत्सुक्ताको साथ प्रश्न राखेको देखेर विकास खुसी भयो।

आज एकछिन पछि उनैको जन्मोत्सवको कार्यक्रम राखेको थियो। उसले मनमनै सोच्यो, 'भोलाले पनि केही दर्शक जुटाउने पक्कै छ। अब कार्यक्रम सफल हुने भयो। उनले मनमनै सोचे र भने। श्रीकृणा आचार्य थिए। आज उहाँकै जन्मदिन हो हजुर त्यताबाट सबैलाई लिएर आउनु बाँकी उतै छलफल गरौंला।" विकासले उसलाई केही प्रचार  पनि थमाउन खोज्यो।

"सर उहाँले घाँसीसँग प्ररेणा लिएको भनिन्छ। घाँसीको नाम के होला नि? " विकाससँग भोलाले अर्को प्रश्न राख्यो।

" खड्ग ठाडा मगर उन्को नाम थियो। उनी घाँस काटेर त्यो बजारमा बिक्री गर्थे र त्यसबाट भएको आम्दानीले एउटा कुवा खनाउँदै थिए ता कि सदियौंसम्म उनकाे नाम जीवित रहन सकोस्। यही व्यवहारबाट प्ररेणा लिएर भानुभक्तले रामायणको अनुवाद गरे।" विकासले जानकारी गरायो।

"धेरै कुरा सिक्न पाइयो सर हजुरबाट। फेरिफेरि पनि आउन नभुल्नुहोला सर।" भोलाले विकासतर्फ हेर्यो र खिसिक्क हाँसेर भन्यो।

"अवश्य पनि आउँछु यस्ता उहाँका धेरै कुरा बुझ्न बाँकी नै छ। अहिले ढिला हुन थालेको छ। हजुरले त्यहाँबाट सबै साहित्यकार लिएर समयमै परिषदको भवनमा आइ पुग्नुस् है।" विकासले यत्ति भन्यो।

"सर! आउन त हुन्थ्यो तर रोपाईं चलेको छ फेरिफेरि आउँला है सर!" भोलाको यस्तो मिठो बोली सुनेर विकास नि: शब्द भयो र त्यहाँबाट हिंड्यो।

प्रकाशित: ३ श्रावण २०८३ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App