प्रधानमन्त्री बालेन्द्र शाहलगायतका मन्त्रिपरिषद्का सबै सदस्यहरूले सम्पत्ति विवरण सावर्जनिक गरे। उक्त सार्वजनिक सम्पत्तिमा शाहले सुनका १९० तोला गरगहना पैत्रिक सम्पत्ति रहेको उल्लेख गरेका थिए। सोपश्चात् सामाजिक सञ्जालमा उनको धेरैले आलोचना समेत गरे।
यहीं प्रसंगलाई लिएर मंगलबार आयोजित एक कार्यक्रममा अभिनेत्री प्रियंका कार्की, रिचा शर्मा र रेजिना उप्रेतीले प्रधानमन्त्री शाहको सहमर्थनमा खुलेर बोलेका छन्।
अभिनेत्री रेजिना उप्रेतिले अहिलेका नेताहरू धनी भएर देशको सेवा गर्न आएको बताएकी छन्। साथै उनले नेताहरू धनी भएर देशको सेवा गर्न आएको र आलोचनाको पछि नलाग्न आग्रह गरिन्। उनले भनिन्, 'खुसी लाग्छ जब हाम्रो देशका नेताहरू अथाह सम्पत्ति कमाइ सक्दा, यति धेरै सम्पत्तिका मालिक अब उहाँहरूले भ्रष्टाचार गर्नुपर्ने कुनै कारण नै छैन। हाम्रो नेताहरू धनी भएर देशको सेवा गर्न आएका हुन् भनेर खुसी लागेको छ। आलोचनाको पछि नलागौँ।’
यस्तै, अभिनेत्री प्रियंका कार्कीले पनि प्रधानमन्त्रीको खुलेर पक्षमा बोलेकी छन्। उनले १९० तोला वा २०० तोला जहाँबाट आए पनि भ्रष्टाचार र देशलाई लुटेर आएको पैसा नभएको भनाइ राखिन्। 'उहाँहरू पहिलो पटक मन्त्रिपरिषदमा बस्नु भएको छ। आउने बित्तिकै १० दिनमा २०० तोला सुन कमाउन सकिँदैन। उहाँहरूले जहाँबाट कमाउनु भए नि आफ्नो तरिकाले कमाउनु भएको हो। र मान्छेले दुःख गरेर नाम, पैसा कमाउन पाइन्छ, त्यो गलत होइन,’ कार्की भनिन्।
यत्तिको सम्पत्ति देखाउनु आफैँमा सबल पक्ष रहेको अभिनेत्री रिचा शर्माको भनाइ छ।
प्रकाशित: २ वैशाख २०८३ १६:५८ बुधबार





