१ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

‘राष्ट्रिय धरोहर नारीरत्न-२०८२’ सम्मान अर्चनाकुमारी झालाई

‘अर्चनाकृत रामायण’ का लेखिका अर्चनाकुमारी झालाई ‘राष्ट्रिय धरोहर नारीरत्न -२०८२’ बाट सम्मान गरिएको छ।

मैथिली भाषामा लेखिएको ‘अर्चनाकृत रामायण’ जस्तो महत्त्वपूर्ण कृति सार्वजनिक गरी मुलुकको धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षणसहित जनचेतना जगाउन विशेष भूमिका निर्वाह गरेबापत उनलाई सम्मान गरिएको हो।

प्रतिष्ठानका संस्थापक अध्यक्ष राजनन्द माण्डव्यले मुलुकको सनातन धर्म, संस्कृति र मैथिली भाषाको संरक्षणसहित धार्मिक मूल्यमान्यतालाई आमजनतामाझ पुर्‍याउन उल्लेखनीय भूमिका निर्वाह गरेबापत ‘अर्चनाकृत रामायण’ का लेखिका झालाई सम्मान गरिएको हाे।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले लेखिका एवम् पत्रकार झालाई सम्मान गरेका हुन्।

समाजसेवी र गृहिणीको भूमिकामा रहेकी उनी राष्ट्रिय समाचार समितिको ललितपुर जिल्ला समाचारदाता हुन्।

प्रकाशित: १८ पुस २०८२ १३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App