२३ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

निर्देशक घनश्याम लामिछानेले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन्। सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘तिमी मेरो म तिम्रो’लाई घनश्याम लामिछानेले निर्देशन गर्न लागका हुन्।

राजधानीमा शुक्रबार एक कार्यक्रम गर्दै चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा गरिएको हो। चलचित्र प्रेम कथामा आधारित हुने निर्देशक लामिछानेले जानकारी दिए।

नेपाली चलचित्र उद्योगमा प्रेमकथामा आधारित चलचित्रको संख्या न्यून रहेका बेला धेरै दर्शकले रुचाउने चलचित्र निर्माण गर्न लागिएको उनले बताए।

चलचित्रको मुख्य भूमिकामा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी, नब नायिका प्रतिमा थापालगायत कलाकारको मुख्य भूमिका रहेको छ भने म्युजिक युग भुसालको छ।

आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको निर्माण रहने चलचित्रको को–प्रोडुसरमा राज श्रेष्ठ र आशिस थापा मगर रहेका छन्।

एक्जुकेटिभ प्रोडुसरमा सन्तोष अधिकारी छन्। लाइन प्रोडुसरमा तेजविक्रम केसी रहेका छन्।

नरेन्द्र मैनालीको डीओपी रहने सिनेमा मनीष गौतमले लेखेका छन्।

प्रकाशित: १९ वैशाख २०८३ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App