भेषजराज साहित्य प्रतिष्ठानले स्रष्टा अनन्त अर्याल र अग्निकुमार रेग्मी ‘पल्लव’ लाई सम्मान अर्पिने भएको छ।
स्याङ्जाका साहित्यकार भेषजराज शर्माको नाममा २०६३ सालमा स्थापना भएको भेषजराज साहित्य प्रतिष्ठानले नेपाली भाषा-साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका स्रष्टाहरूलाई २०७४ सालदेखि भेषजबिन्दु साहित्यिक पुरस्कार अर्पिरहेकाे छ।
भेषजबिन्दु साहित्यिक पुरस्कार छनोट समितिमा प्रतिष्ठानका सल्लाहकार प्रेमराज लुइँटेल संयाेजक र गङ्गा कर्माचार्य पौडेल र रीना राना सदस्य रहेका थिए। प्रतिभा छनोट समितिले स्रष्टा अनन्त अर्याल र अग्निकुमार रेग्मी `पल्लव´ लाई छनाेट गरेकाे थियाे।
प्रतिष्ठानले उक्त सम्मान र पुरस्कार भेषजराज शर्माको ९३ औं जन्मजयन्तीमा आउँदाे कात्तिक ८ गते शनिबार अर्पिने भएकाे छ। उक्त दिन प्रतिष्ठानकाे मासिक नियमित रचना वाचन ९० औं शृङ्खला पनि सम्पन्न हुने भएकाे छ।
प्रकाशित: २७ आश्विन २०८२ १२:०७ सोमबार





