गायिका एलिना चौहानले आयोजकलाई चेतावनी दिएकी छन्। शुक्रबार सामाजिक सञ्जालमा उनले आयोजकलाई आफ्नो पारिश्रमिकको माग गर्दै उपलब्ध नभएमा आफूले अर्को कदम चाल्ने भन्दै चेतावती दिएकी छन्।
उनले लेखिन्–‘कृपया थप ढिलाइ नगरी मेरो पारिश्रमिक उपलब्ध गराइदिनुहुन आयोजक ज्युलाई अनुरोध गर्दछु।’
बेलामा आफ्नो पारिश्रमिक नपाएमा आफूले ठोष कदम चाल्ने उनले उल्लेख गर्दै थपिन्–‘अन्यथा म अर्को कदम चाल्न बाध्य हुनेछु। धन्यवाद। रिप्लाइ नगरेनी यो त देखीएला।’
यति लेख्दै उनले भने आयोजकको नाम उल्लेख गरेकी छैन। यो उद्योगमा आफ्नो पारिश्रमिक उठाउन निकै गारो रहेको देखीन्छ। यो पहिलो घटना होइन जहाँ कलाकारले आफ्नो सामाजिक सञ्जालमा दुःख पोखेका छन्। यस अघि पनि एक अन्तर्वार्ताको क्रममा निर्देशक तुलसी घिमिरेले आफुले काम गरेको चलचित्रमा पारिश्रमिक नपाएको उल्लेख गरेका थिए।
प्रकाशित: ८ जेष्ठ २०८३ १४:२९ शुक्रबार





