गायिका एलिना चौहानले गायक प्रताप दासलाई भाइटिका लगाएकी छन्। लामो समयदेखि अमेरिका बस्दै आएकी एलिना र प्रताप साङ्गीतिक कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका थिए।
हुन त सबैले आफू चाडपर्व मनाएको भिडियो र तस्बिर सामाजिक सञ्जालमा साझा गर्ने गर्दछन् तर एलिना र प्रतापको विषय फरक छ।
सामाजिक सञ्जालमा यी दुई बिच अफेयरको हल्ला चल्दै आएको थियो तर एलिना भने पहिल्यैदेखि यसलाई चिर्न कैयौं पटक स्टासमा दाजुबहिनीको सम्बन्ध रहेको बताएकी थिइन्।
आफूमा लागेका आरोपको खण्डन गदै एलिनाले बिहीबार प्रतापलाई भाइटिका लगाएको तस्बिर सार्वजनिक गरेकी छन्। क्याप्सन लेख्दै गायिकाले भनिन्, ‘दाजु र बहिनी जस्तो पवित्र सम्बन्धमा पनि दाजुबहिनी हो भनेर प्रमाणित गर्नुपर्ने हाम्रो समाज।’
आफू स्वदेश फर्किन लागेको खुसी व्यक्त गदै एलीनाले सामाजिक सञ्जालमा बताएकी छन्।
प्रकाशित: ७ कार्तिक २०८२ १२:१२ शुक्रबार





