१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

चन्द्रको ‘आ बाट आमा’ मा जोडिए आकाश

चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आबाट आमा २’ मा आकाश श्रेष्ठ अनुबन्ध भएका छन्। उनलाई निर्माण टिमले सोमबार फिल्मका लागि अनुबन्ध गरेको हो। फिल्मका निर्देशक चन्द्र पन्तले आकाशलाई फिल्मको महत्त्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरेको बताए।

उनले भने, ‘हामीले फिल्मको कथाअनुसार नै आकाशलाई अनुबन्ध गरेका हौं। यसअघि मुख्य कलाकारमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुबन्धित गरिसकेका छौं।’

आर्या इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण हुने यो फिल्मका लागि विपना थापा, पल शाहका अलवा आकाश श्रेष्ठको रहने छन्। यसबाहेक अन्य कलाकारबारे निर्माण पक्षले केही खुलाएको छैन। बैशाखबाट छायांकनमा निस्किने तयारीमा रहेको यस फिल्मको कथा निर्देशक पन्तले नै लेखेका हुन्।

हलमा चलिरहेको फिल्म ‘आबाट आमा’ ले १३ करोडभन्दा माथिको व्यापार गरिसकेको छ। पहिलो भाग सुपरहिट भएपछि निर्देशक पन्तले यसको दोस्रो पार्ट निर्माण गर्न लागेको हुन्। पार्ट वानमा विपना थापा आमा र अभिनेता पल शाह छोराको भूमिकामा छन्। साथै बुवाको भूमिकामा भारतीय वरिष्ठ कलाकार प्रदीप रावत रहेका छन्। दोस्रोमा हुन्छन् कि हुँदैनन् भन्ने कुरामा निर्माण पक्षले जानकारी दिएको छैन्। अन्य कलाकारबारे निर्देशक पन्तले विस्तारै खुलाउँदै लैजाने बताए।

आउँदाे नयाँ वर्ष अर्थात बैशाखबाट छायांकनमा जाने यस फिल्मको प्रदर्शन दशैंमा रिलिज गर्ने निर्माण पक्षको तयारीमा छ।फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ।

प्रकाशित: १६ चैत्र २०८२ १३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App