१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

निर्देशक कृषाको ‘पारस’ चलचित्रमा प्रियंकाकाे पनि इन्ट्री

निर्देशक कृषा चौलागाईको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’ का कलाकारहरू अनुबन्धित हुने क्रम जारी छ। यस फिल्मका लागि अभिनेता निखिल उप्रेती, अभिनेत्री जसिता गुरुङसँगै अब प्रियंका कार्की पनि अनुबन्धित भएकी छन्। उनलाई निर्माण पक्षले बुधबार फिल्म ‘पारस’ का लागि अनुबन्ध गरेको हो।

फिल्म ‘पारस’मा निखिलको जोडी जसिता कि प्रियंका हुने हुन् भन्ने चर्चा सुरु हुन थालिसकेको छ। यसबारे निर्माण टिमले अहिले को कसको जोडी हो खुलाएको छैन। जसिता अनुबन्धित हुँदा अधिकांशले जसिताको अपोजिटमा निखिल उप्रेती हुने चर्चा थियो तर अब प्रियंका कार्की पनि फिल्ममा जोडिएपछि को कसको जोडी हुन भन्ने कुरामा दर्शकमाझ कौतुहल पलाएको देखिन्छ।

एक्सन तथा सामाजिक कथामा निर्माण हुने यस फिल्ममा चर्चामा रहेका कलाकार जाेडिँदा निर्देशक कृषाले बबालै फिल्म बनाउन लागेको देखिन्छ। निर्माण टिमले अहिलेसम्म निखिल,जसिताका अलवा प्रियंका कार्की फिल्ममा हुने जानकारी दिइसकेको छ भने अन्य कलाकारबारे सार्वजनिक गरेका छैनन्। यसबाहेक अन्य कलाकार कोको हुनेछन् भन्नेबारे निर्देशक कृषाले विस्तारै जानकारी दिने बताइन्।

केपी फिल्म्सको व्यानरमा निर्माण हुने यस फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् भने डीओपी पुरुषोत्तम प्रधानले गर्नेछन्। यस फिल्मको सुटिङ छिट्टै जाने तयारी निर्माण पक्षको छ।

प्रकाशित: २९ माघ २०८२ ११:४५ बिहीबार