२३ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

‘आइ एम जीतबहादुर’ को अग्रिम टिकट बिक्री खुल्ला

भारतीय निर्देशक सुभेन्दु घोष निर्देशित चलचित्र ‘आइ एम जीतबहादुर’ को बुधबारदेखि अग्रिम टिकट बिक्री खुलिसकेको छ।

असार ५ गतेदेखि प्रदर्शनका तयारीमा रहेको उक्त चलचित्र एकल प्रदर्शनमा आउने भएको छ।

टिकट सम्बन्धि जानकारी स्यमं अभिनेता जितु नेपालले जनाएका हुन्। चलचित्रमा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीका रूपमा वर्षा राउत देखिएकी छन्।

प्रियङ्का कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल लगायत कलाकारहरूको समेत अभिनय रहेको छ।

चलचित्रको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य भारतमै गरिएको छ। सुभेन्दुकै कथा पनि रहेको ‘आइ एम जीतबहादुर’को वितरण आरआर फिल्मसले गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

प्रकाशित: ३ असार २०८३ ११:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App