बलिउड अभिनेत्री मृणाल ठाकुरको व्यक्तिगत जीवनलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा चलिरहेको हुन्छ। यही क्रममा मृणाल र क्रिकेटर यशस्वी जैसवाल एक अर्कालाई डेट गरिरहेको खबर सामाजिक सञ्जालमा निकै चर्चामा छ। हाल अभिनेत्रीले यी अफवाहबारे आफ्नो मौनता तोडेकी छन्।
मृणाल ठाकुरले आफू र यशस्वी जैसवालबीच प्रेम सम्बन्ध रहेको दाबीहरुको खण्डन गर्दै उनले यशस्वीसँगको एउटा भिडियोको कमेन्टमा लेखेकी छन्, ‘भाइहरु, एकै ठाउँमा देखिँदैमा कहाँबाट के निष्कर्ष निकाल्नुभयो? यति पढेलेखेका भएर पनि यस्ता अफवाहलाई साँचो मान्न थाल्नुहुन्छ?’
उनले थप्दै देशमा अन्य महत्वपूर्ण विषयहरूमा सही मुद्दामा भिडियो बनाउन र जेनेरेसन जेडबाट केही सिक्न सुझाव दिएकी छन्।
केही दिनअघि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो, जसमा मृणाल ठाकुर मुम्बईको बान्द्रा वेस्टस्थित क्याफेमा देखिएकी थिइन्। केही समयपछि सोही क्याफेबाट यशस्वी जैसवाल बाहिर निस्किएको देखिएपछि दुवैबीच डेटिङ भइरहेको चर्चा सुरु भयो।
भिडियो देखेपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीहरू डेटमा गएको अनुमान गरेका थिए भने केहीले एउटै स्थानमा देखिँदैमा कुनै सम्बन्ध पुष्टि नहुने बताएका थिए। यद्यपि दुवैबीच प्रेम सम्बन्ध रहेको कुनै आधिकारिक पुष्टि भएको छैन।
यसअघि उनको नाम दक्षिण भारतीय अभिनेता धनुषसँग पनि डेटिङको अफवाहमा जोडिएको थियो।त्यतिबेला सामाजिक सञ्जालमा उनीहरूका केही तस्बिर र भेटघाटसँग सम्बन्धित पोस्टहरू निकै भाइरल भएका थिए।
हाल भने मृणाल ठाकुर आफ्नो फिल्मी प्रोजेक्टमा व्यस्त छिन् भने यशस्वी जैसवाल क्रिकेटमा आफ्नो आगामी खेलका लागि तयारी गरिरहेका छन्।
प्रकाशित: २३ श्रावण २०८३ १८:०३ शनिबार





