१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

अभिनेत्री आना शर्मा भन्छिन्ः देशमा परिवर्तनको समय आयो

देशमा मौसम चिसिए पनि निर्वाचन नजिकिएर माहौल भने तातिएको छ। चलचित्रकर्मीदेखि साना वा ठुला व्यवसायी सबैले निर्वाचनलाई लिएर आ–आफ्नो विचार व्यक्त गर्दै आएका छन्।  उक्त माहौललाई लिएर अभिनेत्री आना शर्मालाई केही प्रश्न गरिएको छ।

तपाइले अहिलेसम्म मतदान गर्नु भएको छ, कि छैन ?  

– गरेको छु।

यो पटक मतदान गर्नु हुन्छ ?  

– गर्छु।

देशमा नयाँ राजनीतिक माहौल सिर्जना हुँदा अबको अपेक्षा के छ ?  

– अहिले समय आएको छ, जहाँ हाम्रो देशलाई परिर्वतको आवश्यकता रहेको छ। म चाहन्छु अबको सरकार सबै भन्दा राम्रो र योजनाबद्ध तरिकाका आउन्।  

हुन त यो पहिलो निर्वाचन होइन, जहाँ चलचित्रकर्मी दलमा सहभागी भएका हुन्। गणतन्त्र स्थापनासँगै कलाकारहरूको राजनीतिमा मोह बढ्दै गएको छ।  

अभिनेता भुवन केसी, अभिनेत्री रेखा थापा दलमा आवद्ध भएर नै कलाकारिता गरिरहे । थापाले त गत निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव नै लडिन् । अभिनेता भुवन केसी पनि एमालेमा सहभागी थिए। वरिष्ठ अभिनेता निर शाह काँग्रेस पार्टी निकट देखिएका थिए। कलाकार र राजनीतिको साइनो पुरानै हो।  

कलाकारिता क्षेत्रमा नाम र दाम कमाएका कलाकारहरूको अगमनले दलहरुभित्र तरंग ल्याएको छ। यस पटक निर्वाचन भने रमाइलो पनि बन्ने देखिन्छ राजनीतिक नेताहरूको प्रतिस्पर्धामा मात्रै नभई कला र सिर्जनात्मक क्षेत्रबाट उदाएका व्यक्तिहरू पनि सक्रिय रूपमा राजनीतिमा होमिएका छन् । 

प्रकाशित: १३ माघ २०८२ १७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App