२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

आख्यानकार श्रेष्ठ र भाषाविद् पोखरेल पुरस्कृत

दायित्व वाङमय प्रतिष्ठानले दुई स्रष्टालाई पुरस्कार प्रदान गरेको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा भाषाविद् प्राडा माधवप्रसाद पोखरेललाई ‘कुमार-सरस्वती पुरस्कार’ र आख्यानकार जलेश्वरी श्रेष्ठलाई ‘शंकर कोइराला आख्यान पुरस्कार’ प्रदान गरिएको छ।

पुरस्कृत स्रष्टालाई जनही २५ हजार रुपैयाँसहित सम्मान-पत्र प्रदान गरिएको थियो।

प्रमुख अतिथि प्राडा वासुदेव त्रिपाठीले पुरस्कार अर्पण गर्दै पुरस्कृत स्रष्टाहरूको लेखकीय क्रियाशीलताको चर्चा गरेका थिए।

कार्यक्रममा प्राडा भागवत ढकालले पुरस्कृत सर्जकका साथै आख्यानकार शंकर कोइराला र समालोचक डा. कुमारबहादुर जोशीको परिचय दिएका थिए।

सो कार्यक्रममा ‘दायित्व’का अध्यक्ष रामप्रसाद पन्त, पुरस्कृत स्रष्टाहरू प्राडा पोखरेल, कथाकार श्रेष्ठ,आख्यानकार कोइरालाका छोरा अनील कोइराला, कुमारबहादुर जोशीकी पत्नी सरस्वती जोशी, डा.लेखप्रसाद निरौलाले मन्तव्य दिएका थिए।

यसअघि वासु शशी स्मृति परिषद्ले उक्त पुरस्कार समर्पण गर्दै आएको थियो।

प्रकाशित: २७ कार्तिक २०७९ ०३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App