२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

बुढाको ‘छरिएका खुसीहरू’ विमोचन

जुम्लाकी युवा नेत्री लक्ष्मीकन्या बुढाद्वारा लिखित निबन्धसंग्रह ‘छरिएका खुसीहरू’ विमोचन गरिएको छ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मंगलबार जुम्लामा संयुक्त रूपमा उक्त संग्रहको विमोचन गरेका थिए।

उक्त पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले समाजको वास्तविक चरित्रलाई शब्दचित्रद्वारा प्रकाशमा ल्याएर गतिलो सन्देश दिएकामा सर्जक बुढालाई धन्यवाद दिए। उनले भने, ‘समाजमा उपलब्ध यस्ता सिर्जना र प्रतिभाको संरक्षण गर्नुपर्छ।’

लेखिका बुढाले वर्तमान राजनीतिका कारण निराश भएर बसेका पूर्णकालीन कार्यकर्ता, शहीद परिवार र अपाङ्गताका समस्या र अवस्थालाई शब्दमा उतारेकी छ। पिछडिएका क्षेत्रका महिलाको विद्यमान अवस्था, बालविवाह, श्रम, कार्यबोझदेखि समाजमा भएका विकृति, कुप्रथा र त्यसले मानवीय जीवनमा पारेका प्रभावलाई पनि निबन्धसंग्रह मार्फत उजागर गरिएको छ।

यसअघि बुढाले लेखसंग्रह ‘कर्णालीमा महिला’ भाग-१ र २ लेखेकी थिइन्। तेस्रो कृति ‘मुक्ति अभियान’ प्रकाशन गरेकी उनले निबन्धसंग्रह ‘छरिएका खुसीहरू’ चौथो कृतिका रूपमा प्रकाशनमा ल्याएकी हुन्। बुढा नेकपा (माओवादी केन्द्र) जुम्लाबाट प्रदेशसभाका समानुपातिकतर्फका उम्मेदवार पनि हुन्।  

प्रकाशित: २३ कार्तिक २०७९ ०३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App