१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

गायनमा निरन्तरता दिँदै अभिनयमा मेहनत गर्छु: सोनाम तोप्देन

कभर गीतहरू मार्फत गायनमा पहिचान बनाएको सोनाम तोप्देनले ‘सम्हालिन्छ कहिले मन’ मार्फत अभिनयमा ‘डेब्यु’ गरे। आफ्नै गीतको भिडियोमा फाट्टफुट्ट देखिएको सोनामलाई अभिनयमा करिअर बनाउने इच्छा छ। ‘मैले फिल्ममा काम गरिसकेपछि अभिनयको कक्षा पनि लिएँ। म अभिनयप्रति गम्भीर छु’, उनले भने। उनलाई फिल्मको अफर आउँदा अभिनेताका लागि भन्ने लागेको थिएन।

गायनमा लोकप्रियताको उकालो यात्रामा रहेका सोनाम डेब्युपछि अन्य प्रोजेक्टमा काम गर्ने तयारीमा छन्। ‘अभिनयमा मेहनत गर्छु र गायनलाई पनि निरन्तरता दिन्छु। किनकि दुवै मेरो दुई खुट्टाजस्तै हुन्। म दुवैबिना यात्रा गर्न सक्दिनँ’, अभिनेता तोप्देनले भने। नाट्यकर्मी अनुप बरालसँग अभिनयको कक्षा लिएपछि चरित्र बुझ्न सजिलो भएको उनी बताउँछन्।

कन्टेनसँगै मेकिङ बलियो भए मात्र दर्शकले इन्जोय गर्ने उनको बुझाइ छ। ‘हामी इमानदार बन्न सक्नुपर्छ। अनेस्ट भए मात्र राम्रो कलाकारिता देखाउन सकिन्छ। मैले बुझेको यही हुँ’ अभिनेता तोप्देनले भने। उनले नेपालीसँगै हिन्दी भाषाको गीतहरूको कभर भिडियो बनाएका छन्। नेपाली गायनमा ‘म यस्तो गीत गाउँछु २’ मा समावेश ‘तिम्रो घरको वरिपरि’ मार्फत डेब्यु गरेका हुन्। रासस

प्रकाशित: २१ आश्विन २०७९ ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App