हरिप्रसाद भण्डारी
प्रहरीले चोरलाई सोध्यो, ‘अर्काको धनमाल किन चोरिस्?’
चोर बोलेन।
‘अर्काको घरमा पस्न डर लागेन?’
फेरि पनि चोर बोलेन।
‘सुनिनस्?’ प्रहरीको स्वर चर्को भयो। एक थप्पड गालामा हिर्कायो।
‘ऐया!’ दुखेको गाला छाम्दै चोरले भन्यो, ‘घरमा कोही थिएन हजुर।’
त्यसपछि ऊ लुगलुग काम्न थाल्यो।
चोर डराएको कुरा प्रहरीले अनुमान लगायो अनि झन् चर्को स्वरमा सोध्यो, ‘घरमा कोही छैनन् भन्ने कुरा कसरी थाहा पाइस्?’
घोसे मुन्टो लगाउँदै चोरले भन्यो, ‘फेसबुकको स्टाटस हेरेर ।’
प्रकाशित: २० आश्विन २०७९ ०२:२४ बिहीबार