७ वैशाख २०८१ शुक्रबार
कला

सुरभिमा १४१ औं आख्यान वाचन

सुरभि साहित्य प्रतिष्ठानमा १४१ औं आख्यान वाचन कार्यक्रम सम्पन्न भएको छ।

वरिष्ठ साहित्यकार डा. विदुर चालिसेको प्रमुख आतिथ्य, प्रतिष्ठानका संरक्षक युवराज मैनाली र वरिष्ठ कवि श्रीहरि फुयाँलको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो।

सो कार्यक्रममा महेशकुमार वाग्लेले ‘दाह्री जुँगाको सड्काइ’, विश्व कुइँकेलले ‘इमानदारी’, रञ्जु खनालले ‘बहिष्कार’, रामकुमार पण्डित क्षेत्रीले ‘नेता’, डा. विदुर चालिसेले ‘झिँगा’, रामचन्द्र खतिवडाले ‘दशैं दशा नहोस्’, युवराज मैनालीले ‘कम्पन’ शीर्षकको लघुकथा वाचेका थिए।

त्यसैगरी अच्युत चालिसे, गोविन्द संगत महर्जन, रामचन्द्र दाहालले कथा, सुशील आचार्यले बालकथा र शुभलक्ष्मी कोइरालाले ‘दशैं’ शीर्षकको कविता सुनाएकी थिइन्।

अतिथिको मन्तव्यको क्रममा श्रीहरि फुयाँल र युवराज मैनालीले वाचित सिर्जनाबारे आआफ्नो धारणा राखेका थिए।

त्यस्तैगरी प्रमुख अतिथि डा. विदुर चालिसेले आख्यानका विभिन्न रूप र हाँगाबिंगाबारे चर्चा गर्दै आफूले आख्या र व्याख्या नामक सैद्धान्तिक पुस्तक छाप्न लागेको बताए।

उक्त कार्यक्रम प्रतिष्ठानका सचिव अच्युत घिमिरेको सञ्चालन, कोषाधक्ष्य रामकुमार पण्डित क्षेत्रीको स्वागत मन्तव्य र बाजुराम पौडेलले सभापतित्व रहेको थियो।

प्रकाशित: २० आश्विन २०७९ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App