८ वैशाख २०८१ शनिबार
कला

इग्नोर

कविता

ईश्वरी कार्की वर्षा

जसै ताराहरूको बिचमा

एक्लिन जानेको छ

ध्रुवताराले

मान्छेले पनि भिडभाडमा

जानेको छ एक्लिन

भोजभतेर

सभा

समारोह

जुलुस

केहीले पार्दैन फरक

उसलाई

हातमा मोवाइल

भेटेपछि

भुलिदिन्छ आफूले

आफूलाई

दुनियाँको के कुरा

व्यर्थै तिमी

बिग्रेको रेडियोझैं

गनगन गरी बस्छौं

मलाई घरमा बोलाएर

इग्नोर गरे आफन्तले

समीप भएको साथीले

एउँटै बेडमा लोग्नेले

कहिले स्वास्नीले

बोल्न सिक्दै गरेको बच्चाले

सझिन्छ

आमाले इग्नोर गरिन

मोवाइल देख्नासाथ कुनातिर

फालिदिन्छ

जसै बच्चा हुर्कदै जान्छ

उसले पनि सिक्छ

टयाब्लेट, आइप्याड

हातमा पर्नासाथ

बुवाआमालाई इग्नोर गर्न

यो मौसम नै इग्नोरको हो

कोभिडले पनि सिकायो

इग्नोरको पाठ

बरा!

मोवाइललाई मात्र के दोष!

प्रकाशित: १५ आश्विन २०७९ ०५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App