१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

गायक पौडेलको ‘अर्थ जिन्दगीको’ सार्वजनिक

गायक सन्देश पौडेलको अर्थ जिन्दगीको गीत सार्वजनिक भएको छ। गीत गायक पौडेलको आफ्नो युटयुव च्यानलमा सार्वजनिक भएको छ।

स्रष्टा शर्मा ललिताको शब्दलाई गायक पौडेलले गाएका हुन्। वरिष्ठ संगीतकार रमेश सुवेदीले उक्त गीतमा मीठो संगीत भरेका हुन्।

रेडियो नेपालमा रेकर्ड गराएको उक्त गीतको एरेन्जमा डिल्ली दुलाल, ब्याक म्यूजिकमा पुष्प प्रधान र रमेश सुवेदी,रेकर्डिङ, मिक्सिङ र मास्टरिङमा प्रज्वल खड्काका रहेका छन्।

गायक पौडेल रियाज संगीत पाठशालामा नरेश भुर्तेलसँग संगीत सिक्दै छन्। रेडियो नेपालको वार्षिक उत्सवको अवसरमा आयोजित खुला आधुनिक गीत प्रतियोगितामा उनी पहिलो भएका थिए। उनले समालोचक तथा साहित्यकार महेश पौड्याल लगायत धेरैका गीतमा स्वर दिएका छन्।

प्रकाशित: ५ आश्विन २०७९ ०४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App