२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

गीतकार भण्डारीको ‘तिम्रो आँखामा’ सार्वजनिक

गीतकार युवराज भण्डारीले नेपाली संगीत क्षेत्रमा एउटा अर्को सुमधुर प्रेम गीत थपेका छन्। लोकप्रिय गायक प्रविण बेडवाल र गायिका रचना रिमालको स्वर रहेको ‘तिम्रो आँखामा’ बोलको युगल गीत हालै वाई बी क्रियसनमार्फत सार्वजनिक भएको छ।

प्रसिद्ध संगीतकार राजेश थापाको संगीत र गीतकार युवराज भण्डारीको शब्द रहेको उक्त गीतमा फणीन्द्र राईले संगीत संयोजन गरेका छन्।

काठमाडौंको ए-वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन किशोर थापाले गरेका छन्। वाई बी क्रियसनले हालै सार्वजनिक गरेको यस गीतको भिडिओमा गायक गायिका र वाधवादकहरूको अभिनय देख्न सकिन्छ। विनोद बमको निर्देशन/सम्पादन र  केशव अधिकारी छायांकनमा भिडिओ साङ्ग्रिला क्रियसनले तयार पारेको हो।

गीत, गजल र अन्य विधामा तिन दशकदेखि सक्रिय डुम्री बेंसी, तनहुँ निवासी युवराज भण्डारी हाल क्यानडा छन्। भण्डारीको एक गीति कवितासंग्रह प्रकाशित छ भने उनको शब्द/संगीतमा केही गीत रेकर्ड भइसकेका छन्। पेशाले इञ्जिनियर भण्डारी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा सक्रिय छन्।

प्रेम गीतहरूभन्दा विरह बिछोडका गीत बढी सुन्न र देख्न पाइने नेपाली संगीत उद्योगमा ‘तिम्रो आँखामा’ एक सशक्त र सुन्दर प्रेम गीतको रूपमा आएको छ। यस गीतले दर्शक र श्रोताहरूको मन जित्ने विश्वास गरिएको छ। 

प्रकाशित: २७ भाद्र २०७९ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App