१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

कमल खत्री र मेलिना मैनालीले गरे इन्गेजमेन्ट

गायक तथा तथा संगीतकार कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै उनीहरुले आफूहरुले इन्गेजमेन्ट गरे जानकारी गराएका हुन्।

उनीहरुले फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो। चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस्। जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं।’

कमल र मेलिना केही समयदेखि प्रेम सम्बन्धमा थिए।

प्रकाशित: २६ भाद्र २०७९ ११:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App