७ वैशाख २०८१ शुक्रबार
कला

रौतहटले मनायो मोतीजयन्तीको अवसरमा लघुकथा दिवस

युवाकवि मोतीराम भट्टको १५७ औँ जन्म जयन्तीको अवसरमा रौतहटमा लघुकथा दिवस मनाइएको छ। बज्जिका साहित्य संगम रौतहटले मोतीराम भट्टको जन्मदिवस तथा चौधौँ लघुकथा दिवस मनाएको छ।

साहित्यकार जीसी हरिको संयोजकत्वमा भएको पहिलो चरणको कार्यक्रममा लघुथा वाचनतथा लघुकथाको सैद्धान्तिक अवस्था र प्रयोगको विषयमा चर्चा गरिएको थियो। कार्यक्रममा केदार यादव, किशुनदयाल श्रीकृष्ण, धनदेव जोशी, सञ्जय साहमित्र, जीसी हरि तथा रेणु गुप्ताले लघुकथा वाचन गरेका थिए भने मित्रले लघुकथाको सैद्धान्तिक पक्ष र प्रयोगको बारेमाचर्चा गरेका थिए।

रौतहटको गरुडामा भएको कार्यक्रमको दोस्रो चरणमा कुमार चन्दन, रवीन्द्र पटेल, अभिजीतकुमार राम, श्वेताअधिकारी,  गुडीकुमारी यादव, अनु यादव, निलमकुमारी साह, सवितायादव, गुडीकुमारी यादव, अनु यादवलगायतले कविता तथा गीत प्रस्तुत गरेका थिए।

२००३ मा द्रोण शमशेर जबराले रौतहटबाट कथा कृति प्रकाशन गरेर सुरु भएको आख्यान यात्राको क्रममा पहिलोचोटि औपचारिक रुपमा लघुकथा दिवस मनाइएको छ। नेपाली कथाका शिखर पुरुषगुरुप्रसाद मैनालीले रौतहटमा रहेर साहित्यको सेवा गरिएको पनि लघुकथा दिवसको अवसरमा स्मरण गरिएको छ।

कार्यक्रममा बिन्जुकुमारी यादव, अंशुकुमारी केसरी, सुबिताकुमारी यादव, अन्जलीकुमारी यादव, हिमांशु साह, प्रशान्तपासवान, देवेन्द्र चौधरीलगायतको पनि सहभागिता रहेको थियो।

प्रकाशित: ११ भाद्र २०७९ ०५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App