धमाधम नयाँ नाटकहरु मन्चन गरिरहेको पुरानो घर थिएटर अहिले नयाँ नाटकको तयारी गर्दै छ। म, लाटीको छोरा, खत जस्ता नाटकलाई मन्चन गरिसकेको पुरानो घर फेरि पनि नेपाली अनुवादमा नाटक एन इन्सपेक्टर कल्स मन्चन गर्दै छ।
एन इन्सपेक्टर कल्स डिटेक्टिभ जनरामा आधारित नाटक हो। यस नाटकले नैतिकतावादी मोरल प्लेको भुमिका खेल्छ। जेबी प्रिस्टलीद्वारा लिखित यस नाटक सन् १९४५ मा प्रकाशन भएको हो। यस नाटक सन् १९१२ को ब्रिटिस समुदायको सेटिङ बनाएर लेखिएको हो। २०२२ मा आएर नेपाली अनुवाद गरी नाट्यकरण गर्दा पनि यसको विषयवस्तुमा उत्तिकै सान्दर्भिकता पाइन्छ।
नाटक सुरु हुन्छ, एउटा धनाढ्य मल्ल परिवारको घरमा भइरहेको पार्टीबाट। शौर्य मल्ल आफ्नी छोरी शिला मल्लको इन्गेजमेन्ट आफूभन्दा उच्च दर्जाका शिशिर शमशेर राणासँग गराउँदै छन्। त्यतिकैमा अचानक (डोरबेल) बजेको आवाज आउँछ, अनि प्रवेश हुन्छ इन्सपेक्टरको।
आखिर को हुन् त इन्सपेक्टर? उनी कुन उद्देश्यले त्यहाँ छन्? आउनुस जान्नका लागि सिनामंगलस्थित पुरानो घर थिएटरमा। यस नाटकको मन्चन यही आउँदो भदौ १७ गतेदेखि असोज ९ गतेसम्म प्रत्येक दिन साँझ ५ः३० बजे र शनिबार १ः३० बजे मन्चन हुँदैछ। मंगलबार भने यसको मन्चन हुने छैन।
आभास अधिकारी, विजय ताम्राकार, शारदा अधिकारी, सरिता भुजेल, सदीन लुइँटेल, शिशीर सिवाकोटी र मोनिका थापा द्वारा अभिनित यस नाटकको अनुवाद तथा निर्देशन राजकमल फकिरले गरेका हुन्।
प्रकाशित: ८ भाद्र २०७९ १४:५८ बुधबार