२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

‘मायाका मसिना अक्षर’ को भिडियो लोकार्पण

लेखक सुरेश बडालको नयाँ उपन्यास ‘मायाका मसिना अक्षर’ भिडियोमार्फत लोकार्पण गरिएको छ। प्रकाशक फाइनप्रिन्टको अफिसियल पेज फेसबुक, इन्स्टाग्राम र ट्विटरमा एकसाथ भिडियो सार्वजनिक गरेर उपन्यास लोकार्पण गरिएको हो।

उत्कृष्ट कृतिका रूपमा बडालको ‘मायाका मसिना अक्षर’ आएको लेखक सुविन भट्टराईले बताए। ‘यस कृतिको विशेषता इमोसन हो, यसले ठाउँठाउँमा पाठकलाई भावुक बनाउँछ,’ भट्टराईले भने, ‘उपन्यास पढिरहँदा छङछङ खोला बगेझैं आनन्दानुभूति हुन्छ।’

प्रेमका कथा लेख्नमा आफूलाई रुचि भएको र त्यसै सन्दर्भमा यो पुस्तकको जन्म भएको लेखक बडालले बताए। ‘प्रेमका कथा धेरै पढेको थिएँ। तर कहीँ न कहीँ केही केही खट्किरहन्थ्यो,’ उनले भने, ‘के हिजोआज पनि आदर्श प्रेम जीवित छ? मायाप्रेमका नाममा छोटा आकर्षण र विकर्षण भइजाने सोसल मिडिया पुस्ताका अप्ठ्याराका कथा किन नलेखूँ भनेर मैले यो प्रयास गरेको हुँ।’ 

प्रकाशित: ४ भाद्र २०७९ ०५:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App