coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

भ्वाइस अफ ग्लोरी सिजन ३ को उपाधि टिका सुन्दासलाई

विसिएनई एकता समूहले आयोजना गरेको भ्वाइस अफ ग्लोरी सिजन ३ को उपाधि टिका सुन्दासले जितेकी छन्। अमेरिकाको ह्यारिबर्गमा शनिबार (१३अगष्ट) मा आयोजित अन्तिम चरणको छनोटबाट टिका सुन्दास विजेता वनेकी हुन्।  

अन्तिम चरणको छनोटमा पाँच जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए। उपाधिसँगै विजेता टिका सुन्दासलाई आयोजक विसिएनईले ३५ सय डलर पुरस्कारस्वरुप प्रदान गरेको छ। दोस्रोले २ हजार डलर र तेस्रोले १५सय डलर पुरुस्कारस्वरुप प्राप्त गरेका छन्।

त्यस्तै, सृजना रसाईली (फस्ट रनर अप), राम विश्वकर्मा (दोस्रो रनर अप), विवेक लामगाँडे (थर्ड रअर अप) र डेविड सुन्दास (फोर्थ रनर अप) भएका छन्।  

भ्वाइस अफ ग्लोरी सिजन ३ को जजकोरुपमा प्रविन वराईली, सुभाष सिन्चुरी र जेम्स बस्नेत थिए।

अगष्ट तेह् तारिख ह्यारिसवर्गमा आयोजित ग्राण्ड फिनालेको सुरुको प्रार्थना विसिएइका अध्यक्ष संगितकार तथा रचनाकार राजु रामदामले गरेका थिए भने कार्यक्रममा भ्वाइस अफ ग्लोरी सिजन १ का विजेता सिलिस्टी श्रेत्री, सिजन २ का रिता विश्वा र  अजय सुन्दास गेष्ट आर्टिस्टको रुपमा थिए। उनीहरुले कार्यक्रममा सुसमाचार मुलुक गित प्रस्तुत गरेका थिए।  

भ्वाइस अफ ग्लोरी सिजन ३ का पाँच सहभागीहरुले आ आफ्नो गीत प्रस्तुत गरेका थिए भने विएनसिएका अध्यक्ष पास्टर भद्र राईले उत्साहवर्द्धक वचन वाँडको   कार्यक्रम डाइरेक्टर सुवाश लुहगूनले जानकारी दिए।

कार्यक्रमको सञ्चालन सृष्टी साम्पाङ र दिपक परियारले गरेका थिए। ह्यारिसवर्ग खीष्टियन सोसाइटीका अध्यक्ष पास्टर भिम गुरुङले अन्तिम आशिष्को प्रार्थना गरेका थिए।  

भ्वाइस अफ ग्लोरी सिजन एकको विजेता सिलीस्टी श्रेत्री, र सिजन दुईको विजेता भने रिता विश्व भएका थिए।

प्रकाशित: ३१ श्रावण २०७९ ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App