१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

नेपाली चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र बाबरीको ट्रेलर सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो। 

फिल्ममा अभिनेता धिरज मगर, अदिती बुढाथोकी, धिरज नदकार, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोईराला, सुनिता श्रेष्ठ, नितेश गुरुब, त्रिशला गुरुब, दिलिप गुरुब, दिचेन्ला वाब्बोको अभिनय रहेको छ।  

चलचित्र बाबरी आगामी असोज १४ गते देशभर प्रदर्शन हुनेछ। चलचित्र निर्माणको काम नसकिएकोले १४ दिन पछाडि सारिएको हो। फिल्म अभिनेत्री बुढाथोकीका मातापिता गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन्।

फिल्ममा संगीत कालीप्रसाद बास्कोटा, सुजन चापागाईं र अनमोल गुरुबको रहेको छ। फिल्म निर्देशन र सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन्।

प्रकाशित: ३० श्रावण २०७९ १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App