१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

आधुनिकताको पछाडि दौडिँदा स्वदेशी सामग्रीकाे प्रयोग कम भयाेः राजेश हमाल

खानेकुराको श्रोत पहिचान हुन नसक्दा स्वास्थ्य समस्या जटिल

महानायक राजेश हमालले खानेकुराको श्रोत पहिचान गर्न नसक्दा स्वास्थ्यसम्बन्धी जटिल समस्या सिर्जना भइरहेको भन्दै शतर्कता अपनाउन आग्रह गरेका छन्।

बिहीबार नेपाली उपभोक्ता संरक्षण महासंघको प्रथम राष्ट्रिय महाधिवेशन तथा स्थापना दिवसलाई सम्बोधन गर्दै महानायक हमालले आधुनिकताको पछाडि दौडिने क्रममा स्वदेशमै उत्पादित खाद्य सामग्रीको प्रयोग कम गर्न थालेको बताएका हुन्।

उनले हेर्दा आकर्षक देखिने खाद्य सामग्री एवं लताकपडाहरु भन्दा स्वदेशमा नै उत्पादित खानेकुरा र लगाउने लुगा राम्रो र स्वास्थ्यवर्द्धक हुने बताए। महानायक हमालले गुणस्तरयुक्त खानेकुराको कमीका कारण स्वास्थ्यमा गम्भीर समस्या पैदा भइरहेको र उपभोक्ताले आफ्नो अधिकार र शक्तिलाई बिर्सिएर आधुनिकतामा वहकिन थालेको बताए।

उनले कुनै विज्ञापन र सामाजिक सञ्जालमा आकर्षक देखिएकै भरमा नलाग्न सचेत गराए। महानायक हमालले स्वास्थ्यमा खतरा भइसक्दा समेत कोही पनि नेपालीहरु सचेत हुन नसकेको भन्दै उपभोक्ता संरक्षण महासंले यसमा पहलकदमी थाल्नुपर्ने बताए। उनले मानिसहरु बिरामी हुँदा आश्चर्य हुनुपर्ने ठाउँमा कसरी स्वस्थ भयो भन्ने बारेमा आश्चर्य हुने गरेको बताए।

उनले मानिसले खाने सामग्रीहरु फ्याक्ट्रीबाट नभइ जमिनबाट उत्पादन हुनुपर्ने र त्यसैले मानव स्वास्थ्यको हीत गर्ने बताए। महानायक हमालले अहिले आफूले खाने खानाको श्रोत थाहा नहुँदा कतिपय समस्या सिर्जन भइरहेको बताए। उनले बाहिरी आवरणलाई हेरेर नभइ सामग्रीको गुणस्तर र स्वास्थ्यका लागि लाभदायी कुराहरुको मात्रै प्रयोग गर्न आवश्यक रहेको बताए।

प्याकेजिङका फुडहरु स्वास्थ्यलाई मध्यनजर नगरी स्वाद र व्यापारलाई मध्यनजर गरेर राखिएको हुने भन्दै त्यसतफै सचेत रहन पनि आग्रह गरे। उनलै स्थानीय उत्पादनलाई विशेष जोड दिएर गुणस्तरहीन खानेकुरा र लगाउने कपडाहरुको बहिष्कार गर्न आवश्यक रहेको बताए।

प्रकाशित: २६ श्रावण २०७९ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App