१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला

गान्धी प्रदर्शन

काठमाडौं— अहिंसावादी नेता महात्मा गान्धीको स्मृति जयन्तीको अवसरमा काठमाडौंमा 'गान्धी' फिल्म प्रदर्शन गरिएको छ। भारतीय दूतावास तथा वीपी कोइराला नेपाल–भारत फाउन्डेसनको आयोजनामा सिनेमान्डू श्रृङ्खला अन्तर्गत सो फिल्म प्रदर्शन गरिएको हो।नेपाल भारत पुस्तकालयमा प्रदर्शन गरिएको 'गान्धी' महात्मा गान्धीको जीवनीमा आधारित भएर निर्माण गरिएको फिल्म हो। रिचर्ड एटनबर्गले निर्देशन गरेको यो फिल्मले १९८२ मा अस्कर अवार्डमा बेस्ट पिक्चर्सको अवार्ड हात पारेको थियो।

फिल्म सुरु हुनुअघि नेपाल भारत फाउन्डेसनकी सचिव रुवी जस्प्रीत शर्माले फिल्मबारे जानकारी गराएकी थिइन्।
gandhi
फिल्म ३ घन्टा ११ मिनेटको छ। भारतीय स्वतन्त्रता अभियानका मुख्य व्यक्ति गान्धी उनको अहिंसावादी अान्दोलनका लागि विश्वमै प्रख्यात छन्। १९४८ जनवरी ३० मा उनको गोली हानी हत्या गरिएको थियो।

प्रकाशित: १५ माघ २०७२ ०६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App