उनी मिस नेपाल २०१२ की फस्ट रनरअप समेत हुन्। 'वर्ल्ड मिस युनिभर्सिटीको २७ औं संस्करणमा तेस्रो रनरअप र मिस फिटनेसको उपाधी प्राप्त गरेको छु। प्रतियोगिता अवधीभरका विभिन्न गतिविधि सबैलाई जानकारी गराइरहनेछु,'इन्टाग्राममा फोटोसहित उनले लेखेकी छिन्।
पछिल्लो समय चाइल्डरिच नेपालको सद्भावनादूतको रुपमा सक्रिय उनी विभिन्न सामाजिक कार्यमा आवद्ध छिन्। प्रतियोगितामा उनीसहित ७० जनाले सहभागिता जनाएका थिए। वर्ल्ड मिस युनिभर्सिटीको यो २७ औं संस्करणमा हो।
नेपालबाहेक अमेरिका, पोर्चुगल, घाना, नर्वे, पोल्यान्ड, टर्की, ब्राजिल, स्पेन, पेरु, जापान र चीन लगायत ७० राष्ट्रको प्रतिनिधिले सहभागिता जनाएका थिए । प्रतियोगिताको आयोजना वर्ल्ड मिस युनिभर्सिटी पिस क्रप्स् रिप्रिजेन्टेटिभ्सले गरेको थियो।
प्रकाशित: १३ माघ २०७२ २३:२२ बुधबार

