यो बर्ष सर्वश्रेष्ठ अभिनेता र अभिनेत्रीको दौडमा 'गोरा' कलाकार मात्र सहभागि छन्।
पछिल्लो बर्ष उत्कृष्ट अभिनेताको अवार्ड जित्ने ऐडी रेडमेनले यो पटक लियोनार्दो डीकार्पिओलाई चुनौति दिएका छन्।
सार्लोट र्या पलिङ उत्कृष्ट अभिनेत्रीको दौडमा र केट विंसलेट उत्कृष्ट सहायक अभिनेत्रीको दौडमा छन्।
लियोनार्दो डीकार्पिओ यस भन्दा पहिले चार पटक उत्कृष्ट अभिनेताको लागि नोमिनेट भैसकेका छन् तर अवार्ड जित्न भने बाँकी छ।
'द मार्सियन' को लागि अभिनेता म्याट डेमन पनि ओस्कारका लागि नोमिनेसनमा छन्।
प्रकाशित: १ माघ २०७२ ०३:२० शुक्रबार

