११ चैत्र २०८२ बुधबार
image/svg+xml
कला

ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव सुरू

ढाका-ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव बिहीबारदेखि शाहबागस्थित नेशनल संग्रहालयमा सुरू भएको छ। संन्चार मन्त्री हसन्लु हक इु र विदेश मामिला हेरिरहेको राज्यमन्त्री शाहरिअर अलमको उपस्थितिमा सिरियाली फिल्ममेकर मोहम्मद मलास र नर्वेजियन फिल्ममेकर अन्जा ब्रायनले पानसमा दियो बालेर महोत्सवको उद्घाटन गरे।

बंगाली निर्देशक रूवैयात हुसेनको फिल्म 'अन्डर कन्ट्रक्सन'को प्रर्दशनीसँगै आठ दिने महोत्सव सुरू भएको छ। फिल्मले विकसित हुँदै गरेको बंगलादेशमा एक महिलाले गरेको अवस्था र संघर्षलाई चित्रित गरेको छ। यो महोत्सवको चौथौं संस्करण हो।

फिल्महरूले एसिया र अष्ट्रेलियन सेक्सन अन्तर्गत रिट्रोस्पेक्टिक, सिनेमा अफ वल्र्ड, नोर्डिक फिल्म सेसन, चिल्डेन्स् फिल्म, सर्ट एन्ड इन्डिपेन्डेन्ट फिल्म सेसन, वमन फिल्म मेकर र आध्यात्मिक फिल्म्स् सेक्सन विधामा फिल्महरुले प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै महोत्सवमा जर्मनी, हङकङ, कोसोभो, इरान, भारत, फिनल्यान्ड, ब्राजिल, अमेरिका, स्पेन, बेलायत, अष्ट्रेलिया, फिलिपिन्स् र हंगेरी लगायत ६० देशका एक सय ७० फिल्महरु प्रदर्शन हुँदैछन्। इरानी फिल्म 'ट्याजिटी' बाट महोत्सवको समापन हुनेछ।

प्रकाशित: ३० पुस २०७२ ०१:५३ बिहीबार