२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

डा.श्रेष्ठको कवितासंग्रह ‘मृत्यु उत्सव होस्’ विमोचन

सुसेली साहित्यिक प्रतिष्ठान दक्षिणकाली-३ फर्पिङ सोखेलले डा. शेखरकुमार श्रेष्ठको ‘मृत्यु उत्सव होस्’ कवितासंग्रहको विमोचन गरेको छ।

साहित्यकार किशोर पहाडी, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, उपप्रमुख वसन्ती तामाङ डङ्गोल, साहित्यकारद्वय रामकाजी बस्नेत र शेखर अर्याल तथा प्रतिष्ठानका अध्यक्ष आवेश मिश्रले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए।

कृतिको समीक्षा गर्दै रामकाजी बस्नेतले कृतिमा युगीन समाजको यथार्थ चित्रण, दार्शनिक चेत र आस्तिक भाव भएको बताए।

त्यसैगरी अर्का समीक्षक शेखर अर्यालले कृतिमा मानवीय अस्तित्व, सामाजिकता र मानवजीवन प्रतिबिम्बित भएको जनाए।

कार्यक्रममा समुदायका लागि विद्यालयका अध्यक्ष श्यामबहादुर केसी र वसन्ती डङ्गोलले कृति सफलताका लागि शुभकामना मन्तव्य दिएका थिए भने कृष्णकुमार श्रेष्ठ र तुषार अधिकारीले संग्रहका एकएक कविता वाचेका थिए।

कार्यक्रमका अतिथि दनपाका प्रमुख मोहन बस्नेतले नगरपालिकाको कार्यक्रममा साहित्य उत्थानका लागि वजेट विनियोजन भएको भन्दै साहित्यिक कार्यक्रममा हातेमालो गर्दै अगाडि बढ्ने कुरा व्यक्त गरे।

कार्यक्रममा अतिथि साहित्यकार किशोर पहाडीले आफू जन्मेको ठाउँमा साहित्यिक गतिविधि बढ्दै गएकोमा र साहित्यको विकासमा नगरले हातेमालो गर्न लागेकामा खुसी व्यक्त गर्दै स्रष्टा डा श्रेष्ठलाई बधाईस्वरूप रुद्राक्षको माला लगाइदिएका थिए।

स्रष्टा डा. श्रेष्ठको स्वागत मन्तव्यबाट शुरू भएको विमोचन कार्यव्रmममा सुशान्त केसी, चित्रकार नीरबहादुर याक्खा, रमेश बलामी, सविता केसी, यज्ञराज अवस्थी, सीताराम केसी, रामकुमार बस्नेत, रामचन्द्र केसी, नारायणकृष्ण श्रेष्ठ, शशि अर्याल, सरिता बलामी लगायत साठी जना स्थानीय साहित्यकार एवं साहित्यानुरागीको उपस्थिति रहेको थियो।

प्रतिष्ठानका अध्यक्ष आवेश मिश्रको अध्यक्षता र सचिव रामराजा केसीको संयोजनमा सम्पन्न विमोचन कार्यक्रमको सञ्चालन रजनी खत्रीले गरेकी थिइन्।  

प्रकाशित: १५ श्रावण २०७९ ०९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App