१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

काव्य घरबाट साहित्यकार भट्टराई सम्मानित

काव्य घर नेपालले साहित्यकार रेणुका भट्टराईलाई ‘काव्य घर नेपाल २०७९’ बाट सम्मान गरेको छ। झापाको चन्द्रगढीस्थित राधानन्द सिटी मार्केटमा एक कार्यक्रम बिच उनलाई सम्मान गरिएको हो।नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा लामो समयदेखि खटेकाले उनलाई सम्मान गरिएको हो।

त्यसैगरी  प्राज्ञ हरिचन्द्र लावतीलाई पनि सो सम्मानबाट सम्मान गरिएको थियो।

त्यसैगरी सम्मानित भट्टराईको नन्दप्रसाद पौडेलको जीवनीमा आधारित कृति ‘समाजसेवी यात्रामा नन्दप्रसाद’ को पनि विमोचन गरिएको थियो। अतिथिहरूबाट सामूहिक रूपमा विमोचन गरिएको सो कृतिबारे साहित्यकार तिला लेकालीले बोलेकी थिइन्।

कार्यक्रममा वरिष्ठ साहित्यकार चुडामणि रेग्मी प्रमुख आतिथि, पूर्व अञ्चलन्यायाधीश नन्दप्रसाद पौडेल विशिष्ट अतिथि, भद्रपुर नगरपालिकाका उपप्रमुख राधिका कार्की र प्राज्ञ सुभद्रा भट्टराईको विशेष आतिथि रहेका थिए।

कार्यक्रममा कृष्ण निराकार, देवीचरण भण्डारी र भद्रपुर नगरपालिका वडा-८ का वडाध्यक्ष मनोज सुब्बा लगायतले बोलेका थिए।

काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाको सभापतित्वमा सप्पन्न कार्यक्रमको सञ्चालन संगम सुहाङको संचालन गरेका थिए।  

प्रकाशित: १४ श्रावण २०७९ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App