२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सशस्त्र द्वन्द्वकाे पीडा समेटिएकाे 'पानीफोटो' आजबाट प्रदर्शन

नेपाली चलचित्र पानीफोटो आजबाट देशभर प्रदर्शनमा आएको छ। शुक्रबारबाट फिल्म देशभरका विभिन्न हलहरुमा प्रदर्शन भएको हो। पानीफोटो मार्फत नायक खगेन्द्र लामिछानेले पहिलोपटक निर्देशनमा डेब्यु गरेका हुन्। 

टुकी आर्ट्स र मञ्जुश्री फिल्म्सले निर्माण गरेको फिल्ममा खगेन्द्र स्वयंको लेखन छ। फिल्मलाई खगेन्द्रकी श्रीमती रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन्। फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मालगायतको अभिनय रहेको छ। 

फिल्म प्रदर्शनमा आएपछि दर्शकहरुमाझ फिल्म हेर्दै नायक एवं निर्देशक लामिछानेले फिल्म राम्रो भएको बताए। उनले फिल्म हेर्न जानेले बेकार गएछु भन्ने भान हुन नदिने बताए। उनले चलचित्रको कथावस्तुले आम दर्शकलाई तान्ने बताए। फिल्मको चापका कारण शोजहरु कम भएपनि कथावस्तु राम्रो भएका कारण आगामी दिनमा शोहरु बढ्ने बताए। आज बिहानैदेखि हलहरुमा दर्शकको चाप बढेकोले फिल्म राम्रोसँग चल्ने विश्वास व्यक्त गरे।

त्यस्तै नायिका मालिका महतले फिल्मको छायांकन गरेको लामो समय भएकोले के गरेको थिएँ भन्ने नै बिर्सिन लागेको अवस्थामा फिल्म प्रदर्शनमा आएको र फिल्म राम्रो रहेको बताइन्। उनले फिल्ममा सबै समय भावुक बनाउने बताइन्। आफू फिल्म हेरेर भावुक बनेको भन्दै उनले फिल्मको कथावस्तुले दर्शकको मन जित्ने बताइन्।

काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्जामा सुटिङ भएको फिल्मलाई दीपक बज्राचार्यले छायाङ्कन गरेका हुन्। फिल्ममा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ।

प्रकाशित: १३ श्रावण २०७९ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App