ढाकामोहन बराल
खोलामा माछा छेकेर मार्दामार्दै साथीभाइसँग झगडा भएपछि घरतर्फ लाग्यो तर्के। घर आएर स्वास्नीसँग निहुँ खोज्यो। एक घुस्सा लगाएर साथीहरूको रिस पोख्यो।
दिउँसोकाले छोड्ला जस्तो गयो र फेरि थप्न उजेलीको भट्टीतर्फ लाग्यो। बिहान पनि ढिंडो, बेलुका पनि ढिंडो खानु पर्दा दिक्क मानेर जुठेलाई छोडेर आएकी थिई कैलीले।
हुन त तर्के र जुठेको आर्थिक अवस्था त झण्डै उस्तै हो तर तर्केका बर्जु र बाबुसाहेबहरूको घरखेत बेंसीमा बढी थियो।
केही न केही हुनेखानेको मजुरी पाउँदा धान त अलि बढी हुने भयो। धान पाएपछि सेतो भात कहिलेकाहीं देख्न पाइने भयो।
तर्केले ‘जाने भए जाम’ भन्नेबित्तिकै कुम्लो बोकेर अघि लाएकी थिई कैली। आएको एक सातासम्म त ठिकै थियो। त्यसपछि सधैंको रडाको हुन थाल्यो। ज्यान थिलोथिलो भएर जता छोए पनि दुख्छ। माथि डाँडाबाट आज लुखुरे कता जान यतैको बाटो आउँदै रहेछ। कैलीले घुम्ती बाटोनेर अरूले चाल नपाउने गरी सोधी, ‘ए लुखुरे, जुठेले अर्की ल्याइसक्यो कि एक्लै छ?’
प्रकाशित: १२ श्रावण २०७९ ०८:०६ बिहीबार